Logo
१० मंसिर २०८१, सोमबार
(November 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति सम्शेर राणाकी छोरी देवयानीमाथि माओवादीको अाक्रमण प्रयास

सिन्धुपाल्चोक : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति सम्शेर राणाकी छोरी देवीयानी राणालाई माओवादी केन्द्रका कार्यकर्ताले अवरोध गरी अाक्रमण प्रयास गरेका छन् । देवीयानी चौतरा साँगा चोक गढी–७ कल्लेरीस्थित काँग्रेसका नगर सभापति यज्ञप्रसाद दंगालको घरमा चिया खान जाँदै गर्दा माओवादीले अवराेध गरेका हुन् ।

स्थानीय मिरचौउर बजारदेखि नै झन्डै ४० मोटरसाइकलले पछ्याएका माओवादी कार्यकर्ताले दंगालको घर नजिकै पुग्न लाग्दा अवरोध गर्दै आक्रमण प्रयास गरेका थिए । मौन अवधि सुरु भएकाले बिना झन्डा र बिना सुरक्षाकर्मी उनी त्यसतर्फ गएकी थिइन् ।

‘चियाखाने निम्तो भएकाले आउँदै थिएँ । माओवादी साथीहरुले अवरोध गर्दै आक्रमण गर्न खोजेपछि चौतारा फर्किएँ’, उनले भनिन्, ‘अझै पनि गाउँ डुल्न, हिँड्न, मुस्किल रहेछ ।’ माओवादी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि उनी दंगालको घर पुग्न पाइनन् । बीच बाटोबाटै फर्किइन । फर्किने क्रममा पनि माओवादी कार्यकर्ताले पिछा गर्न छोडेनन् । त्यस क्रममा मिरचौउर बजार नजिक उनीहरुले राप्रपा प्रजातान्त्रिकका क्षेत्रीय सभापति महेन्द्र लामालाई आक्रमण गरेका छन्। उनी सामान्य घाइते भएका छन् ।

घटनाको विषयमा स्थानीय प्रशासनलाई जानकारी दिएको उनले बताइन् । पार्टीसँग सल्लाह गरेर घटनाबारे प्रशासनमा उजुरी गर्ने तयारी भइरहेको उनले जनाइन् । देवीयानीका पिता पशुपतिसम्शेर राणा लोकतान्त्रिक गठबन्धनको तर्फबाट सिन्धुपाल्चोक–२ बाट प्रतिनिधि सभा उम्मेदवार हुन् । देवयानी पिताको चुनाबी अभियानका लागि केही दिन अगाडि सिन्धुपाल्चोक अाएकी हुन् ।

सिन्धुपाल्चोक–२ प्रतिनिधि सभा (क) प्रदेश सभा उम्मेदवार बनेका माओवादीका युवराज दुलालका भाइ कमल दुलाल, बालकृष्ण दुलाल नेतृत्वको टोलीले अवरोध पुर्‍याएको देवियानीले नागरिकन्युजलाई बताइन् । माओवादीको अवरोधका कारण चौतारा फर्किएकी राणा सुरक्षाकर्मी साथ लिएर दोस्रो प्रयासमा दंगालको घर पुग्न सफल भएकी थिइन् ।

 

प्रकाशित मिति: Nov 25, 2017

प्रतिक्रिया दिनुहोस्