Logo
२३ चैत्र २०८१, आईतबार
(March 31, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् ।

“आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ”, सन्देशमा भनिएको छ, “रोजा पूरा भएको खुसीयालीमा इस्लाम समुदायले आज ईद उल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।”

इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबिचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।

प्रकाशित मिति: Mar 31, 2025

प्रतिक्रिया दिनुहोस्