Logo
१८ चैत्र २०८१, मंगलबार
(March 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोटरी क्लबको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा

काठमाडौं । काठमाडौँको पानीपोखरीस्थित रोटरी क्लबले सडकमा राखेको बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारा लेखेको भेटिएको छ । प्रधानमन्त्रीविरुद्ध ‘….देश छोड’ भन्ने नारा डिजिटल बोर्डमा डिस्प्ले भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले सो भिडियो पोस्ट गरेका थिए ।

प्रहरीले त्यसबारे अनुसन्धान शुरु गरेको छ । रोटरी क्लबका पदाधिकारीहरूले ‘कसैले ह्याक गरेर सो नारा डिस्प्ले हुन पुगेको’ प्रहरीलाई बताएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतका अनुसार पनि प्रारम्भिक अनुसन्धानबाट बोर्डको सिस्टम ह्याक भएको पाइएको छ । तर, प्रहरी प्रधान कार्यालयले त्यसबारे विस्तृत अनुसन्धान थालेको छ ।

प्रहरी प्रधान कार्यालयको सूचना प्रविधि निर्देशनालयले सो बोर्ड निकालेर अनुसन्धानको लागि लगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका ती अधिकृत भन्छन्, ‘सूचना प्रविधि निर्देशनालयले बोर्ड लगेर अनुसन्धान गरिरहेको छ ।’

प्रकाशित मिति: Mar 26, 2025

प्रतिक्रिया दिनुहोस्