Logo
१८ चैत्र २०८१, मंगलबार
(March 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विपक्षीहरूलाई प्रधानमन्त्री ओलीको जवाफ : आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरुलाई धेरै उत्ताउलो नहुन आग्रह गरेका छन् । उनले विपक्षीहरुले चिसै पानीले नुहाउनुपर्ने दाबी गरेका छन् । उनले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको भन्दै विपक्षीहरुमाथि कडा टिप्पणी गरेका हुन् ।

राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटाइयो, अर्को नियुक्ति गरियो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’

प्रधानमन्त्री ओलीले माओवादीसहितका विपक्षी दललाई सस्तो भएको आरोप लगाए । उनले भने,‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

प्रकाशित मिति: Mar 26, 2025

प्रतिक्रिया दिनुहोस्