Logo
१८ चैत्र २०८१, मंगलबार
(March 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलमान हटाएको विरोधमा स्थगित भएको संसद बैठक पुनः स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठक दोस्रो पटक पनि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै विरोध गरेपछि संसद बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक चैत १४ गतेलाई बस्ने गरि स्थगित भएको हो ।

बुधबार बिहान भएको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले सो विषयमा सरकारको चित्त बुझ्दो जवाफ नभएसम्म बैठक चल्न नदिने अडान कसेपछि सभामुखले बैठकलाई आधा घण्टा स्थगित गरेका थिए । आधा घण्टा स्थगित भनिएको संसद बैठक करिब ४ घण्टापछि सुरु भएको थियो ।

तर सो बैठकमा समेत प्रतिपक्षी दलहरुले आफ्नो अडानलाई निरन्तरता दिएपछि आजको लागि बैठक स्थगित भएको हो । सरकारले सोमबार बसेको मन्त्रीपरिषद बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको थियो । सोही विषयमा सदन र सडकमा विरोध भइरहेको छ ।

प्रकाशित मिति: Mar 26, 2025

प्रतिक्रिया दिनुहोस्