Logo
१८ चैत्र २०८१, मंगलबार
(March 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नबिल बैंकको कायममुकायम सीईओमा मनोज ज्ञवाली

काठमाडौँ — नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बुधबार बिहान बसेको बैंक सञ्चालक समिति बैठकले ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले गत आइतबार राजीनामा दिएका थिए । दुई वर्षे कार्यकाल सकिन १४ महिना बाँकी रहँदै ढुंगानाले राजीनामा दिएका हुन् । त्यसपछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय गरेको हो ।

यसअघि ज्ञवाली वरिष्ठ प्रमुख कार्यकारी अधिकृत थिए । चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीले ०७७ साउनमा ज्योति विकास बैंकको सीईओबाट राजीनामा दिएर नबिल बैंकमा महाप्रबन्धक बनेका थिए ।

उनले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, ज्योति विकास बैंकलगायत संस्थामा उच्च तहमा बसेको काम गरिसकेका छन् ।

प्रकाशित मिति: Mar 26, 2025

प्रतिक्रिया दिनुहोस्