Logo
३ आश्विन २०८१, बिहीबार
(November 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एयर चाइनाद्वारा उत्तर कोरियाको उडान बन्द

एयर चाइनाले उत्तर कोरियासँगको उडान बन्द गरेको छ । ग्राहक संख्या नभएको भन्दै सो एयरलाइन्सले उडान बन्द गरेको हो । सो विमान कम्पनीले उत्तर कोरियामा साताको दुई उडान भर्दै आएको थियो ।

यसअघि अप्रिलमा पनि एयर चाइनाले उत्तर कोरियासँगको उडान बन्द गरेको थियो । तर मे ५ मै पुनः सञ्चालन भएको थियो । यसलाई उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्न चालिएको कदमको रुपमा पनि हेरिएको छ ।

यद्यपि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने यो विषय आफूलाई थाहा नभएको बताएका छन् । एजेन्सी

प्रकाशित मिति: Nov 22, 2017

प्रतिक्रिया दिनुहोस्