Logo
१० मंसिर २०८१, सोमबार
(November 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब कक्षा ११ को परीक्षा पनि स्कुलले मै हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने जिम्मेवारी स्कुललाई दिने तयारी गरेको छ । कक्षा १२ को परीक्षा सञ्चालन, व्यवस्थापन तथा नतिजा प्रकाशनको जिम्मेवारी भने राष्ट्रिय परीक्षा बोर्डकै हुने उनले जानकारी दिए ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सरकारले विद्यालय शिक्षा स्थानीय तहलाई जिम्मेवारी दिएकोले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी स्कुललाई नै दिने तयारी गरिरहेको जनाए ।

कक्षा ११ को परीक्षा व्यवस्थापन गर्न स्कुलका प्रधानाध्यापकहरुसँग बोर्डले छलफल गरिरहेको छ । परीक्षाको निर्देशिकाअनुसार प्रश्नपत्र तयारी र सोही अनुसार मोडल बनाएर अभिमूखिकरण गर्ने तयारी बोर्डले गरिरहेको उनले बताए ।

अध्यक्ष पौडेलले हालसम्म कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन र व्यवस्थापन गर्दै आएकोमा आगामी वर्षदेखि कक्षा ११ को परीक्षा स्कुलहरू आफैंले सञ्चालन र नतिजा प्रकाशन गर्ने बताए ।

संविधानले नै विद्यालय शिक्षा (प्रारम्भिक बालविकास शिक्षादेखि कक्षा १२ सम्म) स्थानीय तहले व्यवस्थापन गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति: Nov 22, 2017

प्रतिक्रिया दिनुहोस्