नेपालमा बनेको मैथली फिल्म ‘राज्जा रानी’ भारतमा पनि प्रदर्शन हुने
मैथली भाषामा निर्माण भएर बहुप्रतिक्षित भनिएको फिल्म ‘राज्जा रानी’ आगामी पुष २१ बाट प्रदर्शन हुने भएको छ । प्रोमो र गीतका कारण चर्चामा रहेको यस फिल्म सबै दर्शकमा प्रतिक्षित बन्दै पनि गएको छ । नाजिर हुसेन र केकी अधिकारी स्टारर फिल्मले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ ।
आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रतुती ‘’राज्जारानी’’ मैथली भाषामा पनि देशभर एकै दिन प्रदर्शन हुने भएको छ । त्यस्तै, प्रस्तुतकर्ता रमेशले दिएको जानकारी अनुसार भारतमा समेत प्रदर्शन हुने गरी भोर कम्पनी प्रा.ली का सीईओ राज कुमार महतोसंग रु २० लाखमा फिल्मको संझौता भएको छ ।
फिल्म, मधेसको लवज निकट रहेको कुरा त, टिमले हालै सार्वजनिक गरेको ‘चिपक चिपक’ बोलको गीतले बोलेको छ । तर, अब भने निर्माण टिमले फिल्म मैथली भाषामा पनि प्रदर्शन गरिने तर, अब भने निर्माण टिमले फिल्म मैथली भाषामा पनि प्रदर्शन गरिने बताइएको छ । यम थापा निर्देशित यस फिल्ममा नाजिर र कामेश्वरसंगै केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ ।
फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।