Logo
१७ चैत्र २०८१, सोमबार
(March 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनकोशीमा खस्यो टिप्पर, एकजना घाइते

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका  वडा नम्बर–९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको छ । गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले  बताए ।

गिट्टी लोड गरिएको टिप्पर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा परेर चालक काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका इन्द्र माझी घाइते भएका छन् ।

प्रकाशित मिति: Mar 24, 2025

प्रतिक्रिया दिनुहोस्