Logo
१७ कार्तिक २०८१, शनिबार
(November 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वसांसद् एवं जनगायक पाख्रिनको पार्थिव शरीरमा कम्युनिष्टको झण्डा

चितवन : माओवादी जनगायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संयुक्त रूपमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएका छन् । वामगठबन्धले हिजो आयोजना गरेको संयुक्त सभामा गीत गाइसकेपछि असहज महसुस गरेका पाख्रिनको मस्तिष्कघातका कारण हिजै निधन भएको हो ।

अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको पाख्रिनको पार्थिव शरीरमा आज बिहान दुई कम्युनिष्ट पार्टीका अध्यक्षले संयुक्त रूपमा झण्डा ओढाएका हुन् । पूर्वसांसद् तथा माओवादीका पोलिट्ब्युरो सदस्यसमेत रहेका उनलाई माओवादी र एमाले पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकले पनि अन्तिम श्रद्धाञ्जली दिए ।

गीतमार्फत सधैँ वर्गीय मुक्तिका भाव पोखेका पाख्रिनले गाउँदागाउँदै संसार छाडेर गए । हृदयाघात हुनुअघि उनले तीन दिनअघि निधन भएका माओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाएका थिए ।

प्रकाशित मिति: Nov 22, 2017

प्रतिक्रिया दिनुहोस्