Logo
५ चैत्र २०८१, बुधबार
(March 18, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तनहुँमा च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

५ चैत, दमौली (तनहुँ) । व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।

प्रकाशित मिति: Mar 18, 2025

प्रतिक्रिया दिनुहोस्