Logo
२७ चैत्र २०८१, बिहीबार
(March 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण अमेरिकामा आँधी, कम्तिमा ३४ जनाको मृत्यु

३ चैत, काठमाडौं । दक्षिण अमेरिकामा विनाशकारी आँधी आएको छ, जसमा कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठ जनाको ज्यान गएको छ।

बीबीसीका अनुसार उक्त खतरनाक आँधीले दक्षिण-पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्‍याएको छ। कैयौं गाडीहरू पल्टिएका छन् र धेरै घरहरू क्षतिग्रस्त भएका छन्।

सरकारी अधिकारीहरूका अनुसार शनिबार दिउँसोसम्म सात राज्यका २ लाख ५० हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।

मिसिगन, मिजौरी र इलिनोइस सबैभन्दा बढी प्रभावित रहेका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: Mar 16, 2025

प्रतिक्रिया दिनुहोस्