Logo
२३ चैत्र २०८१, आईतबार
(March 10, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचित हुँदैमा जनप्रतिनिधि विधि र नियमभन्दा माथि हुँदैन: उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्वाचित हुँदैमा कोही पनि जनप्रतिनिधि विधि र नियमभन्दा माथि नहुने बताएका छन् ।

सोमबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौँ १ नयाँ बानेश्वरमा रहेको श्री सिद्धेश्वर महादेव मन्दिरको शिलान्यास गर्दै उनले जनप्रतिनिधि विधि र नियमअनुसार चल्नुपर्ने बताए ।

त्यस्तै उनले संघ, प्रदेश र स्थानीय तीनै तहका जनप्रतिनिधि र स्थानीय मिलेर काम गरे विकास निर्माणका काम सहज हुने पनि बताए । सिंहले तिनै तहको सरकार विधि र नियमअनुसार चल्नुपर्नेमा जोड दिए ।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले तानाशाहबाट देश र समाज विकास हुन नसक्ने पनि बताए । प्राप्त अधिकार सुरक्षित र संस्थागत गर्दै नेपाली जनताको जीवन र जीविकोपार्जन सहज बनाउन दलहरू मिलेर काम गर्नुपर्ने उनले बताए ।

त्यस्तै, सिंहले उपत्यकाको नदी प्रणाली सुधार गर्नुपर्ने भन्दै त्यसका लागि सबैको साथको आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: Mar 10, 2025

प्रतिक्रिया दिनुहोस्