Logo
३ आश्विन २०८१, बिहीबार
(November 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेञ्जि लामा : एक नम्बर प्रदेशमा राजपाका एक्ला “पहाडी-जनजाती” प्रचारक

  • राज मेहता, 

काठमाडौं : पछिल्लो मधेश आन्दोलनमा उदाएका राजपा नेपाल प्रदेश नम्बर २ मा शक्तिशाली राजनीतिक शक्ति भएतापनि देशको अन्य प्रदेशमा भने उहि पार्टीको अवस्था खासै राम्रो रहेको छैन ।  एक नम्बर प्रदेश अन्तरगत सुनसरी, मोरङ र झापालाई पनि मधेश नै मानिएता पनि यस क्षेत्रमा भने राजपाको खासै संगाठनिक अवस्था राम्रो छैन ।

यस प्रदेशमा फोरम नेपालले बिगतमा केहि सिट जितेको भएतापनि हाल राजपामा समेल दलहरु कोहि उम्मेदवार भने जित हासिल गरेका छैनन् । यद्यपि संगाठ्निक रूपमा भने हाल राजपामा सामेल दलहरु मध्ये तत्कालीन सद्भावना पार्टीको अवस्था भने केहि हदसम्म बलियो रहेको थियो । तर पछिल्लो समय राजपा बनेपछि भएको संगठनपनि झन भत्किएको नै छ ।

तर सुनसरी इटहरीका तेञ्जि लामा भने एक नम्बर प्रदेशमा राजपाका एकला र बलियो प्रचारक हुन् । प्रतिनिधि सभाका जनजाती कलस्टरबाट समानुपातिक उम्मेदवार रहेका लामा आर्थिक रूपले पनि बलिया हून । पहाडी कलस्टरका र मिहिनेती नेता समेत भएका कारण राजपाले उनलाई समानुपातिक सुचीको माथिल्लो तहमै नाम रखेको छ ।

एक नम्बर प्रदेशमा नेपाली काङ्ग्रेस र एमाले-माओवादीको एक-छ्त्र बलियो अवस्थाबीच यत्तिबेला इटहरी,पकलि,बिराटनगर, दुहबी, झुम्का, इनरुवा, हरिनगरा, चिमिडी देवानगंज लगयातका क्षेत्रमा भने राजपा नेपालको ब्यानर लगाइएको गाडीहरु निकै घुमीरहेका छ्न भने प्राय: सबै गाडीमा लामाको फोटो अकिंत ब्यनर टाङ्गिएको देखिन्छ । इटहरीका स्थापित ब्यवसायी मानिने लामा पैत्रिक सम्पत्तिका धनी हुन भने राजेन्द्र महतोको लविङ्गबाट उनि राजपामा आएका हुन ।

उनि तत्कालीन सद्भावना पार्टीका केन्द्रिय सचीव थिए भने मधेस आन्दोलनका बेला बिराटनगरमा महतोमाथी आक्रमण हुदा ज्यान नै दाउमा रखेर उनि महतोलाई बचाएका पहाडी नेता पनि हुन् । नेपालमा मधेसी र जनजातीको अवस्था उस्तै-उस्तै भएका कारण पनि जनजातिहरु राजपा नेपालकै कित्तामा आउनुपर्ने उनि बताउछन् । काङ्ग्रेस छाडी तत्कालीन सद्भावनामा प्रवेश गरेका लामा मधेस आन्दोलनका दौरान पुर्वमा सडक तताएका उनि एकला पहाडी-जनजाती नेतापनी हुन ।

स्थानीय भन्छ्न लामाको आक्रमक प्रचार-प्रसारले पुर्वमा राजपाको उपस्थिति पनि छ है भन्ने देखाएको छ ।
यता, समाजिक संजालमा समेत उनको निकै प्रचार-प्रसार भइरहेको छ । तेन्जिङ लामा समर्थक, छत्र लामा लगायतका नामबाट फेसबुक/टुइटरमा उनका प्रचार सामाग्री टेण्ड्र गरिरहेका छ्न ।

फेसबुकमा उनकाबारे यसरी लेखिएको छ : 
राजपा नेपालका केन्द्रिय सचिव तेन्जी लामाले । सदैब दु:ख पाएका र गरीबिका रेखामुनि रहेका जनताहरुलाई न्याय दिने र माया गर्नेका रुपमा चिर परिचित लामा सदैब जनता र गाउँ घरका छरछिमेकिलाई सम्मान गर्ने समाजसेवी नेता हुन ।मधेस आन्दोलनका बेला मर्नासन्न हुने गरि जोगमुनिमा नाकामा धर्ना दिने क्रममा प्रधानमन्त्री ओलि र शक्ति बस्नेको आदेशमा जनपद प्रहरी र शस्त्र प्रहरीले घेरा मारी कुटियो शासकहरुको लाठीचार्जमा परि रक्ताम्य भएर टाउकोमा चाेट र हातमा चाेट लागेर १५ दिन सम्म अचेत अवस्थामा पुगेर पनि । फेरि जाती भएर आन्दोलन मै फेरि लागे तर कहिले थाकेन न त हार नै खाए ।।मधेसवादको दियोलाई जोगाई राख्ने युवा नेताको रूपमा पनि मधेसमा चिन्न छ्न । लामा यस पाली मङ्सिर १०/२१ गते हुन लागेको प्रतिनिधि सभा तर्फको समानुपातिक उमेदवारमा पुरुष तर्फको आदिवासी जनजाति कोटामा प्रथम नम्बरमा नाम पार्न सफल ब्याक्तीको रुपमा पनि हुनुहुन्छ ।

राजपा प्रवेशको लर्को
यसैबीच, सुनसरीको रामधुनी नगरपालिका ६ बाट बिभिन्न पार्टी परित्याग गरी ७५ जना बिभिन्न ब्यक्ति राष्ट्रिय जनता पार्टी नेपाल प्रवेश गरेका छन । नेकपा एमालेका सचिव भिम आचार्यको निर्वाचन क्षेत्रबाट उनिहरु नेकपा एमाले, नेपाली कांग्रेस अनि राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेर राजपा प्रवेश गरेका हुन । मिरा चौधरी, राजकुमार चौधरी, शिवनारायण चौधरी लगायत राजपा नेपालमा प्रवेश गरेको राजपाका सचिव तेञ्जि लामाले जानकारी दिए । नवप्रवेशीहरुलाई सचिव लामाले टिका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

प्रकाशित मिति: Nov 21, 2017

प्रतिक्रिया दिनुहोस्