कलाकार रोमा न्योपाने अगाडी गायक रमेशराजले बबाल गरेपछि …!
चितवन : पूर्वी चितवन महोत्सवमा शुक्रवार आकर्षकको केन्द्र गायक रमेशराज भट्टराई थिए । उनका भर्सटायल गीत सुन्न दर्शकमा आतुरता थियो । वान लेग नृत्यांगाना रोमा न्यौपानेपछि स्टेज चढेका रमेशराजलाई सुरु देखिनै दर्शकको साथ थियो । साँझ पर्न लागेको थियो । कार्यक्रम संचालकले पटक पटक नाम लिए पनि उनलाई अगाडी देख्न नपाए सम्म दर्शकमा छटपटाहट देखिन्थ्यो । जव आधुनिक गायक रमेशराज भट्टराई स्टेजमा चढे दर्शक दिर्घाबाट एकाएक हुटिङ्ग आउन थाल्यो ।
युवा युवतीलाई उफार्न सिपालु गायक रमेशराजको निकै लोकप्रिय गीत पापी संसारमा आज पनि बबाल भो,वेहुला वनाउनु भन्थ्यौ वहुला वनाएर गई गीत चर्चित छन् । यहि गीतमा सुन्न अनि नाच्नकै लागि दर्शकहरु साँझ सम्म वसे । एक पछि अर्को गीत गाउँदै गएका रमेश राजले वेहुला वनाउँछु भन्थी वहुला वनाएर गई वोलको गीत गाउन थालेपछि त्यो गीतमा उर्फदै उनलाई साथ दिए । स्टेजबाट झरेर सो गीत गाउन थालेपछि दर्शकको झनै सिमा नाघेको थियो । दर्शकको माग अनुसार उनले त्यो गीत दुई पटक सम्म गाए । त्यसपछि पापी संसारमा आज पनि ववाल भो भन्ने गीत गाएर दर्शकलाई झनै उत्साहित वनाए ।
दर्शकपनि उर्फी उर्फी नाचेको देखिन्थ्यो । युवा युवतीहरुको क्रेज यो गीतमा देखिन्थ्यो । उनीहरुले वान्स मोर वान्स मोर भनेपछि रमेशराजले गीत दोहोर्याए । दोश्रो पटक गीत गाउँदा पनि दर्शकको धीत मरेको थिएन् । फेरी वान्स मोर वान्स मोर भनेपछि दर्शकको आग्रह रमेशले नकार्न सकेनन् । तेश्रो पटक सम्म उनले पापी संसारमा वोलको गीत गाएर दर्शकको धोको पुर्याए । दर्शक दिर्घामा गीत गाउन थालेपछि दर्शकको भीड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो । उनले करिव एक दर्जन जति गीत प्रस्तुत गरेका थिए । शुक्रवारनै अर्को आकर्षकको केन्द्र वनेको थियो वान लेग डान्सर रोमा न्यौपाने । एक खुट्टाकै भरमा उनले थुप्रै गीतमा नृत्य प्रस्तुत गरेको थिईन् ।
एक खुट्टाले मात्रै नाच्न सक्ने भन्दै दर्शकहरु कानेखुसी गरेको देखिन्थ्यो । शुक्रवारनै लोक तथा दोहोरी गायिका दुर्गा सापकोटा लगायत स्थानीय कलाकारको पनि प्रस्तुती रहेको थियो । रत्ननगर जेसिजको आयोजनामा पहिलो पटक भएको महोत्सवको आठौ दिन पनि महोत्सव अवलोकनकर्ताको भीड उल्लेख्य थियो । महोत्सवको अन्त्यतिर झनै दर्शकको भीड वढ्दै गएको महोत्सवका संयोजक निरज श्रेष्ठले वताए । संस्कृति संरक्षणसंगै व्यापार प्रर्वद्धन गर्ने उदेश्यका साथ संचालित महोत्सव मंसीर ३ गते सम्म चल्ने छ ।