बौद्धनाथमा शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (तस्वीरहरू )
१६ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा रहेका शेर्पा समुदायले २१५२औं ग्याल्पो ल्होसार आज विविध कार्यक्रम आयोजना गरी मनाएको छ ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् ।
काठमाडौंको बौद्धनाथमा शेर्पा भेषभूषामा सजिएर उनीहरूले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाएका हुन् ।
शेर्पा समुदायले ग्याल्पो ल्होसार हरेक वर्ष फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी मनाउने गर्दछन् ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।
शेर्पा समुदायको सांस्कृतिक पर्व ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको शेर्पा समुदायका अनुसन्धाताहरू बताउँछन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।
शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
१५ पुसमा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होछारका नाममा यो पर्व मनाइसकेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :