Logo
२७ चैत्र २०८१, बिहीबार
(February 26, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गर्नुभएको छ ।

मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् । उनले, ‘महाशिवरात्रिको शुभकामना ! जय पशुपतिनाथ !’, लेख्नुभएको छ ।

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।

प्रकाशित मिति: Feb 26, 2025

प्रतिक्रिया दिनुहोस्