प्रकाश दाहालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुख व्यक्त
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
देउवाले ट्वीट गर्दै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री एवं मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायूमै भएको निधनको खवरले मर्माहत भएको छु ।’
उनले मृतकप्रति श्रद्घान्जली र शोकाकुल परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवा यतिबेला चुनावी अभियानका क्रममा गृहजिल्ला डडेल्धुरामा रहेका छन् ।