प्रकाश दाहालको निधन पश्चात अस्पतालमा सुरक्षा व्यवस्था कडा
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधन भए पश्चात अस्पतालमा हाल सुरक्षा ब्यवस्था कडा पारीएकाे छ । गम्भीर बिरामी परेका दाहाललाई उपचारमा संलग्न डाक्टरहरूको टोलीले मृत घोषित गरेपछि अस्पताल भित्र र बाहिर शुरक्षा ब्यवस्था कडा पारिएकाे हाे ।
गएराति आफ्नै निवास लाजिम्पाटमा अचेत भएर ढलेका उनलाई बिहान साढे ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनका बुबा झापामा रहेकाले उनी आएपछि मात्रै हस्पिटलले डिक्लियर गर्ने नर्भिक अस्पताल श्राेतले जनाएकाे छ । ‘बिहान साढे ५ बजे प्रकाशलाई नर्भिक अस्पताल पुर्याइए पनि डाक्टरहरुले तत्काल मृत घोषणा गरेका थिए ।
प्रचण्ड अहिले केही बेरमा हेलिकप्टरमार्फत झापाबाट फर्कदैछन् भने दिदी रेणु चितवनबाट काठमाडौं फर्कदैछिन् । प्रकाशकी पत्नी बिना मगर भने कञ्चनपुरमा छिन् । उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतितिनिधिसभा सदस्यकी उम्मेदवार हुन् ।