Logo
२ माघ २०८१, बुधबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दिन सार्वजनिक बिदा र चुनावका लागि आठ दिन शैक्षिक संस्था बन्द हुने

काठमाडौं : निर्वाचन आयोगले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि आठ शैक्षिक संस्था बन्द गर्न माग गरेको छ। बिहीबार आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति सार्वजनिक गर्दैे आठ दिन बिदा दिन सरकारसँग आग्रह गरेका हुन् ।

‘आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा मंसिर ७ देखि १० र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर १८ देखि २१ सम्म सर्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पसमा सार्वजनिक बिदा दिन सरकासँग आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनमा अधिकांश विद्यालय र क्याम्पसमा मतदान केन्द्र रहेको भन्दै आयोगले विद्यालय र क्याम्पस मतदान हुनुभन्दा तीन दिनअघिदेखि बन्द गर्न गृह मन्त्रालयसँग माग गरेको हो । त्यसैगरी आयोगले मंसिर १० र २१ गते सर्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेको छ ।

‘पहिलो चरण ३२ जिल्लामा मतदान हुने मंसिर १० गते र दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मंसिर २१ गते सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मतदानका दिन सार्वजनिक यातायातका साधन सञ्चालन नहुने र अधिकांश कर्मचारी निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा खटिने भएको हुँदा मतदानका दिन सरकारी कार्यालय, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिन गृह मन्त्रालयमा पत्र पठाई आग्रह गरेको हो ।’

प्रकाशित मिति: Nov 17, 2017

प्रतिक्रिया दिनुहोस्