Logo
११ पुस २०८१, बिहीबार
(November 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः लोकतान्त्रीक गठबन्धनलाई राप्रपाले साथ नदिने

भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुर जिल्ला कार्यसमितिले नेपाली कांग्रेस भक्तपुरले तालमेल र गठबन्धनको विषयमा भ्रामक प्रचार गरेको आरोप लगाएको छ । पार्टीका जिल्ला अध्यक्ष दिनेश श्रेष्ठद्धारा जारी विज्ञप्तीमा कांग्रेसका जिल्ला सभापतिले विभिन्न कार्यक्रममा राप्रपा भक्तपुरसंग सहकार्य भएको भन्नेबारे भ्रामक, कपोकल्पित प्रचार गरेको उल्लेख गरिएको छ ।

जिल्ला अध्यक्ष श्रेष्ठका अनुसार पार्टीले राखेको सहकार्यको कुरा जसले पुरा गर्छ त्यसलाई सघाउने तयारीमा राप्रपा भक्तपुर रहेको छ । भक्तपुरमा प्रदेशसभा अन्र्तगत भक्तपुर प्रदेश बाहेक एक क्षेत्र मागेपनि कांग्रेसले नदिएपछि गठबन्धन टुटेको राप्रपाको भनाई छ । दुई राप्रपा एक हुदाँ भक्तपुरमा स्थानीय निर्वाचनमा आएको मत सूर्यविनायक नगरपालिकामा २ हजार १ सय ६९, चाँगुनारायणमा ५ हजार १ सय ९८, मध्यपुरमा ४ सय २८ र भक्तपुर नगरपालिकामा ९ सय १५ रहेको छ ।

केन्द्रियस्तरमा नै पार्टी विभाजन भएकाले अहिले जिल्लामा राप्रपा र राप्रपा (प्रजातान्त्रीक) को मत एकिन गर्न सकिने अवस्था छैन् । विभाजनपछि कतिपय कार्यकर्ता अन्यपार्टीमा पलाएन भएकालेपनि भक्तपुरमा यि दुई पार्टीको अवस्था कमजोर रहेको देखिन्छ ।

 

प्रकाशित मिति: Nov 17, 2017

प्रतिक्रिया दिनुहोस्