Logo
११ माघ २०८१, शुक्रबार
(January 24, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिनेश त्रिपाठीविरूद्ध अदालतमा अवहेलनाको निवेदन

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरूद्ध काठमाडौं जिल्ला अदालतमा अवहेलनाको निवेदन परेको छ ।

उदयपुर घर भई काठमाडौं बस्ने दिलकुमार राईले उनीविरुद्ध अदालतको अवहेलनाको निवेदन दर्ता गराएको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार उक्त निवेदन अनुसार मुद्दा दर्ता हुने/नहुने टुंगो लगाउन आइतबार पेशी तोकिएको छ ।

त्रिपाठीले काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको विषयमा प्रश्न उठाउँदै अन्तर्वार्ता दिएको जिकिर राईले निवेदनमा गरेका छन् । उनले न्यायाधीशको कार्यक्षमतामाथि प्रश्न उठाएको निवेदनमा उल्लेख छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सहकारी ठगी प्रकरणमा जाहेरवाला पक्षको तर्फबाट बहस गर्दै आएका छन् ।

प्रकाशित मिति: Jan 24, 2025

प्रतिक्रिया दिनुहोस्