Logo
१० माघ २०८१, बिहीबार
(January 23, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजामती विधेयकको प्रस्तावनामा थपियाे ‘गणतन्त्र र समावेशी’ शब्द

१० माघ, काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा ‘गणतन्त्रप्रति प्रतिवद्ध र समावेशीसहित’ का शब्दहरू राखिएको छ ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयकको प्रस्तावना पास गरेको छ । केही शब्द थप गर्दै प्रस्तावना पास गरेको हो ।

प्रस्तावित विधेयकको प्रस्तावनामा भनिएको छ, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्वः राजनीतिक रूपमा तटस्थः पेशागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले ।’

यो प्रस्तावित प्रस्तावनामा राज्य व्यवस्था समितिले विभिन्न चारवटा शब्द थप गरेको छ । सांसदहरूको रायका आधारमा समितिले ‘पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री’ भन्ने शब्द थप गर्ने निर्णय गरेको हो ।

छलफलमा माओवादी सांसद हितराज पाण्डेले समावेशी संविधानको मुल स्पिरिट भएको भन्दै समावेशी शब्द राख्नुपर्ने बताएका थिए ।  एमाले सांसद रघुजी पन्त, कांग्रेस सांसद दिलेन्द्र बडू, राप्रपा सांसद बुद्धिमान तामाङले प्रविधिमैत्री शब्द राख्न आवश्यक रहेको बताएका थिए ।

जसपाका अशोक राईले जनउत्तरदायी भन्ने शब्द राख्न उपयुक्त हुने सुझाव दिए ।

प्रकाशित मिति: Jan 23, 2025

प्रतिक्रिया दिनुहोस्