Logo
९ माघ २०८१, बुधबार
(January 22, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एमालेले पार्टीको सचिवालय बैठकका ४ निर्णयहरू

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पार्टीको विधान अधिवेशनको मिति तोकेको छ ।

विसं २०८२ भदौ २०,२१ र २२ गते गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुरमा गने निर्णय एमालेले गरेको हो ।

मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो । यसअघि एमालेले ०७८ असोज दोस्रो साता विधान अधिवेशन गरेको थियो । उक्त अधिवेशनबाट विभिन्न १६ वटा प्रस्ताव पारित भएको थियो ।

त्यस्तै बैठकले वामदेव गौतम नेतृ्त्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ । पार्टीको यो निर्णयसँगै पूर्वउपाध्यक्ष गौतमलाई एमालेमा फर्किने औपचारिक बाटो खुलेको छ ।

वामदेव र उनी नेतृत्वको घटकका नेताहरू व्यवस्थापनलाई आपसी छलफलबाट टुंग्याइने एमालेको भनाइ छ ।

बैठकबाट माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने र अभियानमा सम्पूर्ण पार्टीपङ्क्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने निर्णय पनि भएको एमालेले जनाएको छ ।

मंगलबारकै बैठकले अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेका प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Jan 22, 2025

प्रतिक्रिया दिनुहोस्