Logo
११ पुस २०८१, बिहीबार
(November 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसियाली मापदण्डमा नेपालको विकास पुर्‍याउन वाम एकता : प्रचण्ड

भैरहवा : नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको विकास एसियाली मापदण्डमा पुर्‍याउनका लागी वाम गठबन्धन आवश्यक भएको बताएका छन् । भारत र चिन जस्ता विकसित मुलुकको बीचमा रहेको नेपालमा विकासका अत्याधिक सम्भावना रहेको र त्यो पुरा गर्न मुलुकमा पाँच वर्षे स्थिर सरकारको आवश्यकता रहेकाले वाम गठबन्धनभएको उल्लेख गरे ।

नेपाल उद्योग व्यापार संगठन रुपन्देहीले भैरहवामा आयोजना गरेकोे चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७४ को उद्धघाटन गर्दै प्रचण्डले नेपालमा स्थिर र बलियो सरकार भएको खण्डमा पाँच वर्षमा पुर्वाधार विकासदेखि लिएर दश वर्षमा एसियाको विकासको मापदण्डमा जान सक्ने सम्भावना रहेको बताए । वाम गठबन्धनको मुख्य उदेश्य नै यहि हो प्रचण्डले भने ।

अहिले विकासले तिव्रता पाउने देश नेपाल जस्तो संसारमा कुनै नभएको बताउदै चिन र भारतको बीचमा रहेको नेपालले उनीहरुले गरेको विकासको लाभ लिनु पर्ने बताए । संविधानसभाबाट संविधान प्राप्त भइसकेपछि अवको गन्तव्य आर्थिक विकास र समृद्धिको भएको बताउँदै मुलुकको आर्थिक विकास र समृद्धिसँगै स्थायित्वका लागि नै वाम गठवन्धन भएको दोहोर्‍याए ।

प्रकाशित मिति: Nov 16, 2017

प्रतिक्रिया दिनुहोस्