Logo
७ माघ २०८१, सोमबार
(January 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वडीआईजी छविलाल जोशी ५० लाख धरौटीमा रिहा

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।

धरौटी बुझाएर जोशी रिहा भएका छन् ।

जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।

प्रकाशित मिति: Jan 20, 2025

प्रतिक्रिया दिनुहोस्