Logo
७ माघ २०८१, सोमबार
(January 20, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घाटामा चल्दै माधव नेपालको एकीकृत समाजवादी पार्टी

काठमाडौं, ७ माघ । नेकपा (एकीकृत समाजवादी) को वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष ०८०/०८१ को आय–व्ययको लेखापरीक्षण प्रतिवेदनअनुसार एकीकृत समाजवादी घाटामा चलिरहेको छ ।

गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । ४ करोड ५७ लाख ४० हजार ८ सय ५४ रूपैयाँ खर्च देखाइएको छ । लेखापरिक्षण प्रतिवेदनअनुसार एकीकृत समाजवादी कूल ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको छ ।

पार्टीको यस आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा २०८० असोजमा सञ्चालित मेची–महाकाली जागरण अभियान, २०८१ जेठमा सम्पन्न पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन र यसैवर्ष सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भए/गरेको खर्च विवरण उल्लेख छ।

सदस्यता, लेबी, प्रकाशन बिक्री, महाधिवेशन प्रतिनिधि शुल्क, अन्य नियमित सहयोग रकम पार्टीको मुख्य आम्दानीको श्रोत रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: Jan 20, 2025

प्रतिक्रिया दिनुहोस्