Logo
६ माघ २०८१, आईतबार
(January 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको कालोपट्टी बाँधेर विरोध (तस्विरहरु)

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएशनले बार एशोसिएशनका सदस्य वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको विरोध गरेको छ । त्रिपाठीमाथि भएको आक्रमणको विरोधमा कानून व्यवसायीहरूले आज कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

समग्र कानून व्यवसायीहरूको सुरक्षाको सुनिश्चितता प्रत्याभूत गर्न गराउन दवाव स्वरुप कालोपट्टी बाँधी विरोध कार्यक्रम गरिएको उनीहरुले बताएका छन् ।

विरोध कार्यक्रममा वरिष्ठ अधिवक्ताहरू रमश श्रेष्ठ, शम्भु थापासहित बारका पदाधिकारीहरु उपस्थित थिए ।

प्रकाशित मिति: Jan 19, 2025

प्रतिक्रिया दिनुहोस्