Logo
६ माघ २०८१, आईतबार
(January 19, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना, नेपाली पाइलट र भारतीय पर्यटकको मृत्यु

मुम्बई । भारतको गोवामा प्याराग्लाइडिङका क्रममा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा नेपाली पाइलट र एक भारतीय पर्यटकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्याराग्लाइडिङ पाइलट २६ वर्षीय सुमन नेपाली र भारतीय पर्यटक शिवानी छन् । शिवानी भारतकै पुणे निवासी रहेको जनाइएको छ । सुमनको भने ठेगाना खुलाइएको छैन ।

शनिबार उक्त दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अनुमतिविना र आवश्यक सुरक्षा उपकरणविना नै प्याराग्लाइडिङ गर्दा उक्त दुर्घटना भएको बताइएको छ ।

प्रहरीले प्याराग्लाइडिङ कम्पनीका मालिक शेखर रायजादालाई गिरफ्तार गरेको छ ।

प्रकाशित मिति: Jan 19, 2025

प्रतिक्रिया दिनुहोस्