Logo
३ माघ २०८१, बिहीबार
(January 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

को बन्ला केयू उपकुलपति? यी हुन् १६ आवेदक

काठमाडौँ विश्वविद्यालय (केयू)को उपकुलपति नियुक्तिका लागि दरखास्त दिएका १७ जनामध्ये १६ जनाको आवेदन स्वीकृत भएको छ।

उपकुलपति सिफारिसका लागि छनोट समितिले दरखास्त परेकामध्ये १६ जनाको नाम स्वीकृत भएको जनाएको हो।

सिफारिस समितिले गत १८ पुसमा दरखास्त आह्वान गरेको थियो। केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा समितिमा प्राडा अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य छन्।

केयूका हालका उपकुलपति भोला थापाको कार्यकाल माघ ६ गतेबाट सकिँदै छ। आगामी ६ माघदेखि उपकुलपति डा. भोला थापाको कार्यकाल सकिन लागेकाले नयाँ उपकुलपति चयन गर्न लागिएको हो।

अब १६ जनाबाट उपकुलपतिका लागि तीनजानको नाम छनोट समितिले सिफारिस गर्नेछ। योपटक देखि केयूको उपकुलपति बन्न अनिवार्य विद्यावारिधि गरेको हुनुपर्ने  मापदण्ड केयूले अघि सारेको छ।

प्रकाशित मिति: Jan 16, 2025

प्रतिक्रिया दिनुहोस्