Logo
३ माघ २०८१, बिहीबार
(January 16, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धितोपत्र निष्काशन तथा कारोबार नियमावली लागू, न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने

काठमाडौं । साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ लागू भएको छ । यो नियमावली माघ ३ गतेबाट लागू भएको छ ।

नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्गलाई पत्राचार गरिएको जनाएको छ ।

सेबोनका अनुसार बढीमा २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीले यो नियमावली अनुसार आईपीओ निष्कासन गर्न सक्नेछन् ।

साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्ने छ । सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिती र बजारको अवस्था हेरी अर्थ मन्त्रालयको स्वीकृलि लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहसने गरी सेयर निष्कासन गर्न सक्नेछन् । सेयर निष्कासन गर्न पब्लिक कम्पनी भएर कारोबार सञ्चालन गरेको १ वर्ष पुरा गरेको, मर्चेन्ट बैंकर र योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको धितोपत्र सर्वसाधारणलाई धितोपत्र बाँडफाँट भएको मितिले तीन वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाइने छैन ।

रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्नेछ । रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सक्नेछ । सेबोनबाट सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट २ महिना भित्र धितोपत्रको बिक्री खुला गरिसक्नुपर्ने छ ।

प्रकाशित मिति: Jan 16, 2025

प्रतिक्रिया दिनुहोस्