माओवादीको पदाधिकारी बैठक आह्वान, पूर्वउपराष्ट्रपति पुनको जिम्मेवारी तय हुने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आह्वान भएको छ । बुधबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि निवास खुमलटारमा बस्नेगरि बैठक डाकिएको हो ।
पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन तोक्नेछ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलगायतका नेताहरुको कार्यविभाजन तोकेर अन्तर पार्टी निर्देशिका जारी गर्ने माओवादीको तयारी छ ।
माओवादी केन्द्रको पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय समितिको बैठकले नेताहरुको कार्यविभाजन गरेर अपानी जारी गर्ने निर्णय गरेको थियो । माओवादी अध्यक्ष ‘प्रचण्ड’ले अपानीमा अरु नेताहरुको कार्यविभाजन हुँदा पुनको पनि जिम्मेवारी टुंग्याइने बताएका थिए।