Logo
२६ पुस २०८१, शुक्रबार
(January 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एसलक्षित ओलीको टिप्पणी–समाजवादी नामका पसल चल्न दिदैनौं

काठमाडाैं ।  नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै समाजवाद नामका पसल चल्न नदिने बताएका छन् ।

अनेरास्ववियुले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नीति र नेतृत्व मानेर आउनेलाई एकताबद्ध गर्ने तर अनावश्यक भाउ भने नदिइने प्रष्ट पारे ।

अध्यक्ष ओलीले भने–हाम्रो नीति र नेतृत्व स्वीकार गरेर आउँछन् भने ठिक छ,तर बार्गेनिङ चल्दैन । समाजवादसँग कुनै साइनो नभएकाहरुले पनि समाजवाद भनेर हिँडेका छन् । समाजवाद नामका पसल खोल्न खोजेका छन् मान्छेहरुले । हामीले त्यो पसल चल्न दिनु हुँदैन । अनावश्यक भाउ दिनु पनि हुँदैन,किनकी सुका पर्ने भाउलाई एक रुपैया किन दिने ?

अध्यक्ष ओलीले प्रजातन्त्रको नाममा,जनवादको नाममा मनपरी बोल्ने र अराजकता मच्चाउने छुट पार्टी तथा जनसंगठनहरुमा नदिइने प्रष्ट पारे । उनले कमिटीमा आफ्ना भनाइ राख्ने तर नेतृत्वले गरेको निर्णय बोकेर हिँड्नपर्ने बताए ।

उनले आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनमा अनेरास्ववियु एकताबद्ध भएर जाने र जितेर फर्किने बताए ।

प्रकाशित मिति: Jan 9, 2025

प्रतिक्रिया दिनुहोस्