Logo
२६ पुस २०८१, शुक्रबार
(January 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमित अग्रवालको डिम-प्रोजेक्ट वीरगञ्ज हेटौंडा हुँदै काठमाडौं जोड्ने पोड-वे अघि बढ्दै

काठमाडौं, २४ पुष । वीरगञ्ज, हेटौंडा हुँदै काठमाडौंसम्मको यात्रा ४५ मिनेटमा हुनेगरि आधुनिक रेल प्रविधि ‘पोड-वे’ बनाउने विषयमा सार्वजनिक सहमति जुट्ने देखिएको छ । सार्वजनिक यातायातकै रुपमा अघि बढाईएको पोडवे प्रविधि नेपालमा भित्र्याउनको लागि अमित अग्रवालको पनि निर्णायक भूमिका छ ।

अमितले मुलुकै आर्थिक राजधानीको रुपमा चिनिएको वीरगञ्जबाट हेटौंडा हुँदै काठमाडौंसम्म मानिस र सामान दुवैका लागि पोडवे सञ्चालन गर्नुपर्ने सपना बुनेका थिए । यो उनको मेगा प्रोजेक्ट हो । यसको लागि झण्डै ८५ अर्ब बजेट लाग्ने बुझिएको छ । पोडवे सञ्चालनको लागि डिपिआर तयारी चरणमा पुगेको बताईन्छ।

अमितका बुवा कृष्णकुमार गुप्ता मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । अहिले संघको जिल्ला अधिवेशन चलिरहेको छ । उनी नेतृत्व हस्तान्तरणको मुखमा छन् । हेटौंडामा यतिवेला पोडवेको विषय चर्चामा छ ।

सबै लब्ध-प्रतिष्ठा र ख्याँति कमाएका उद्योगपतिहरुले समेत साथ दिएका छन् । यो परियोजना अघि बढाईए सामान ढुवानी तथा मानिसहरुको आवातजावतका लागि पनि फलदायी हुने बताएका छन् । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामादेखि अहिलेका अर्थमन्त्री विष्णु प्रसाद पौडेलसम्म यो प्रोजेक्ट अघि बढाउन तयार छन् ।

पोड-वे तार केवलमा आधारित प्रविधि मानिन्छ । यो रेलको पछिल्लो र अत्याधुनिक संरचनाका रुपमा लिइन्छ। सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रूपमा यसलाई लिइएको छ। हाल दुबई र बेलारुसले उक्त प्रविधिमा आधारित पोड-वे सञ्चालनमा छन्।

अमेरिका र भारतमा पनि सञ्चालन हुने क्रममा छ। स्वदेशी बिजुलीको प्रयोग गरेर सञ्चालन गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको आयातमा वार्षिक रूपमा खर्च हुने ठूलो विदेशी मुद्रा देशभित्रै राख्न सकिन्छ।

प्रचण्ड नेतृत्वको सरकारले २०८० मङ्सिर ७ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पोड-वे, स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धी नीति कानुन, मापदण्ड कार्यान्वयन गर्ने उल्लेख गरिसकेको छ। १ सय किलोमिटर पोडवे निर्माणमा करिब ४० अर्ब बराबर खर्च लाग्नेछ ।

प्रकाशित मिति: Jan 9, 2025

प्रतिक्रिया दिनुहोस्