सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा प्रतिवादीको तर्फबाट बहस सकियाे, जवाफी बहस सुरु
काठमाडाैँ । सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा प्रतिवादीको तर्फबाट बहस सकिएको छ । गत शुक्रबारबाट सुरु भएको प्रतिवादीका कानुन व्यवसायीको बहस बुधबार सकिएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भएको बहसमा सुरुवातमा सरकारी वकिल, जाहेरवाला र प्रतिवादीका कानुन व्यवसायीले बहस गरेका हुन् । आइतबार दिउँसो प्रतिवादीका कानुन व्यवसायीले बहस सकेपछि जाहेरवालाका तर्फ कानुन व्यवसायीले जवाफी बहस सुरु गरेको अदालतले जनाएको छ ।
त्यस्तै आज जाहेवालाका तर्फबाट कानुन व्यवसायीले जवाफी बहस सकेसँगै बिहिबार सरकारी वकिलको जवाफी बहस हुने अदालतले जनाएको छ ।
जवाफी बहस सकिएपछि थुनामा पठाउने कि बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न दिने भन्ने इजलासले आदेश गर्नेछ।