Logo
२५ पुस २०८१, बिहीबार
(January 8, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

२४ पुस, काठमाडौं । मुलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले बिहीबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित मन्त्रालयका सचिवसँग छलफल गरेको थियो ।

छलफलपछि समितिले मुलपानीमा क्रिकेट रंगशालाका लागि स्रोत सुनिश्चितताका लागि निर्देशन दिएको हो ।

सरकारले आर्थिक वर्ष २०८०/८१ कै नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुनेगरी मुलपानी र कीर्तिपुर रंगशाला स्तरोन्नती गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति: Jan 8, 2025

प्रतिक्रिया दिनुहोस्