Logo
२४ पुस २०८१, बुधबार
(January 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

 ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध आज पक्राउ पुर्जी जारी भएको छ।

ठगी गरी अपराधिक लाभ लिएको कसुरमा उनलाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।

मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले माग बमोजिम पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थाहाखबरलाई जानकारी दिए।

उनीमाथि एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने आश्वासन दिएर उनले सप्तरीका एक व्यक्तिबाट ३८ लाख लिएको आरोप लगाइएको छ।

आर्थिक अनियमिततामा मुछिएपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव पोखरेललाई यही पुस १९ गते जिम्मेवारीबाट हटाएका थिए।

प्रकाशित मिति: Jan 6, 2025

प्रतिक्रिया दिनुहोस्