Logo
२३ पुस २०८१, मंगलबार
(January 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिमा नफर्कन पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव दिएका छन् । राजनीतिमा भन्दा सामाजिक रुपान्तरणको नायक बन्न उनको सुझाव छ ।

शुक्रबार राजधानीमा भएकाे नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण कार्यक्रममा उनले यस्ताे सुझाव दिएका हुन् ।

‘समाचारका पृष्ठहरूमा अहिले पनि आमाहरू र छोरीहरू चलेका खबर आइरहेका छन् । यो पृष्ठभूमिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ,’ उनले भने ।

राजनीतिमा आएर कुनै एक दलको नेता मात्र बन्ने अवसर पनि रहेको र सामाजिक रुपान्तरणको नायक बनेर सबैको नेता बन्ने सुविधा पनि पूर्वराष्ट्रपतिहरूमा रहेको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा पुनः सक्रिय हुन खोजेका समाचारतर्फ संकेत गर्दै उनले उनले थपे, ‘यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति (विद्यादेवी भण्डारी र डा. रामवरण यादव) हरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।’

प्रकाशित मिति: Jan 3, 2025

प्रतिक्रिया दिनुहोस्