Logo
२३ पुस २०८१, मंगलबार
(January 3, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव

१९ पुस, काठमाडौं । लोकसेवा आयोगले निजामतीमा सेवा प्रवेश ३२ वर्ष र अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने प्रस्ताव गरेको छ ।

शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् ।

रेग्मीले सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव लिखित रुपमै पेस गरेका छन् । समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने भनिएको छ ।

अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव आयोगको छ । हाल ५८ वर्ष छ । यसलाई बढाएर ६० वर्ष पुर्‍याउने उनको प्रस्ताव छ ।

प्रकाशित मिति: Jan 3, 2025

प्रतिक्रिया दिनुहोस्