Logo
२१ पुस २०८१, आईतबार
(December 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थुनछेक बहस चलिरहँदा इजलासमै रोए बाबु-छोरी

१६ पुस, पोखरा । कास्कीस्थित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजबाट थुनछेक बहस सुरु गरिएको छ । सरकारी वकिल कार्यालयबाट थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङले उठेर रोएपछि इजलासमै सन्नाटा छाएको थियो ।

जिल्ला सहायक न्यायाधिक्ता शान्तिदेवी शर्माले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा कृष्णको पनि नाम आएपछि आँसु झार्दै आफू निर्दाेष रहेको उनले बताएका थिए ।

उनले अदालतमै आफू आत्महत्या गर्नसक्ने समेत बताएका थिए । गुरुङ बिरामी छन् भने उनको अस्पचालमा उपचार भइरहेको छ ।

उनकी छोरी तथा पूर्वसांसद मीनासमेत बहस चलिरहँदा रोइन् । त्यसपछि केहीबेर इजलासको मोहोल भावुक बनेको थियो ।

८० वर्षीय कृष्णबहादुर अवकास प्राप्त बेलायती सैनिक हुन् भने ६२ वर्षीया मीना गण्डकी प्रदेश सभाकी पूर्वसदस्य हुन् । बेलायती परिवारमा हुर्किएकी उनका पति पनि बेलायती पूर्वसैनिक हुन् ।

अदालत स्रोतका अनुसार इजलासको माहोल भावुक बनेको र कार्यालय समय पनि सकिएपछि आजका लागि थुनछेक बहस स्थगित गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ ।

यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: Dec 31, 2024

प्रतिक्रिया दिनुहोस्