Logo
२१ पुस २०८१, आईतबार
(December 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय

१६ पुस, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्काल मित्र पार्टीहरूसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ ।

गत २७ मंसिरदेखि २ पुससम्म कपिलवस्तुस्थित कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयबारे औपचारिक जानकारी गराइएको छ ।

बैठकको निर्णयमा भनिएको छ, ‘क्रान्तिकारी पार्टीहरूसँग एकताको उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरूसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरिएको छ ।’

त्यस्तै बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस, अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने पनि निर्णय भएको छ ।

पार्टीले देशमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरब्याज, ऋण आतंक लगायतका मुद्दामा आगामी फागुन २१ गतेदेखि झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: Dec 31, 2024

प्रतिक्रिया दिनुहोस्