Logo
२१ पुस २०८१, आईतबार
(December 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय

काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने भएको छ । कपिलवस्तुको शिवगढीमा भर्खरै सम्पन्न भएको पार्टीको बैठकले निर्वाचनमा भाग लिने र निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय लिएको हो ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । उनले निर्वाचनमा सहभागी हुन उपयुक्त चुनाव चिन्ह लिनेसमेत निर्णय भएको बताए । राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा निर्वाचनलाई प्रयोग गरिने उनको भनाइ छ ।

साथै, उनले बैठकले क्रान्तिकारी पार्टीसँगको एकताको ढोका खुल्ला नै राखिएको पनि बताए । नेकपाले व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुमबासी, मिटरब्याज, ऋण आतंकलगायतका जनमार्च सञ्चालन गर्ने निर्णयसमेत लिएको छ ।

प्रकाशित मिति: Dec 31, 2024

प्रतिक्रिया दिनुहोस्