Logo
२० पुस २०८१, शनिबार
(December 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गिरिबन्धु टि–इस्टेटमा ओलीले गरेको बदमासी पर्दाफास गरेरै छोड्छु : प्रचण्ड

काठमाडौं, १५ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले ०८४ को निर्वाचनमा माओवादी पहिलो शक्ति बन्ने र देशबाट भ्रष्टाचारको चरा उखेल्ने घोषणा गरेका छन् । झापाको गौरीगञ्जमा आयोजित पार्टीको खबरदारी सभा र बृहत्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको कांग्रेस–एमालेको सरकार अप्राकृतिक र असंवैधानिक रहेको आरोप लगाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जाली, झेली र कपटी नेताको संज्ञा दिए । उनले ओलीको दिमागमा जालझेलबाहेक अरु नदेखिएको टिप्पणी गरे । उनले गिरिबन्धुमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छोड्ने घोषणा गरे ।

उनले आफ्नो नेतृत्वको सरकारले सुशासनको पक्षमा कदम चालेपछि सरकार ढालिएको दाबी गरे । उनले भने,‘देश र जनताको पक्षमा त्यसरी सुसशासनका पक्षमा काम गरेबापत अनि भूमिाफयाहरु डराए । सरकारी जग्गा सरकारकै नाममा ल्याएपछि भूमाफिया डराए ।

विचौलियाको सेटिङ भत्काएपछि, भ्रष्ट तत्वमा खैलाबैला मच्चियो । बडो अलोकतान्त्रिक, अपा्रकृतिक र अपरादर्शी तरिकाले रातारात मेरो सरकार ढालियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा केही फरार अभियुक्त गिरफ्तार भएपछि, नेपाली कांग्रेस र एमालेका ठूला ठूला नेता, एमालेको हेडक्वार्टरतिरै सोझिएपछि सरकार फेरियो ।

पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा संसदीय लोकतन्त्रमा हुँदैन् । हिन्दुस्तानमामा कंग्रेस आई र भाजपा मिलेर सरकार बनाएका सुनेका छौं ? तर, नेपालमा यस्तो भयो । यो लोकतन्त्रविरोधी कुरा हो । संविधानको धारा ७६ (२) को सरकारले विश्वासको मत लिन सकेन भने ७६ (३) अन्तर्गतको भन्ने सरकार बन्नेछ भनेर लेखेको छ ।

मैले विश्वासको मत नपाएपछि ७६ (३) को सरकार बन्नुपर्ने थियो । यो अहिलेको गठबन्धनको सरकार न लोकताकिन्त्र छ, न संवैधानिक छ । यो जालझेल र षड्यन्त्रबाट आएको सरकार हो । यसले भ्रष्टाचारीलाई बचाउने काम गरेको छ । दलाललाई बचाउने र विचौलियाको रक्षा गर्ने काममा मात्रै छ ।’

दाहालले ओली सरकारले साँच्चै दलाल र भ्रष्टको पक्षमा काम गरिरहेको आरोप लगाए । उनले भने,‘सरकारले लोकतन्त्रको विरुद्ध काम गर्दैछ । यो देशमा परिवर्तन खासगरी यो संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख वाहक माओवादी केन्द्र नै हो ।

जनयुद्ध, शान्ति सम्झौता, संविधान निर्माण, संविधान कार्यान्वयनको नेतृत्व प्राप्त गर्ने अवसर मलाई प्राप्त भयो । नेपाली जनताप्रति आभार व्यक्त गर्न चाहन्छु ।

नेपाली जनता र हामीले देखेको सपना अझै पूरा भएको छैन् । आर्थिक समृद्धिको सपना पूरा गर्नेछु । नेपाली जनतासँग मेरो अपिल छ– माओवादीलाई बलियो बनाएपछि राष्टिय स्वाधिनताको रक्षा र नेपाली जनताको मुक्तिको सपना पूरा हुनेछ । अहिले देशैभरि जे देखापरेको छ, देशैभरि नै माओवादी केन्द्र्रप्रति नयाँ आशा र भरोसा देखेको छु ।

म प्रतिज्ञा गर्न चाहन्छु– २०८४ लाई ०६४ जस्तै बनाउँछु । देशमा भ्रष्टाचारको जरा उखेल्नेछौं । नयाँ युगको सपना पूरा हुनेछ । मेरो लागि देश र जनतामा सुशासन दिलाउनुबाहेक अर्को सपना छैन् । भ्रष्ट, दलाल, विचौलियाहरुको अरबौं अरबौंको सेटिङ भत्काउनेछु । भ्रष्ट र दलालहरुलाई लखेट्नेछौं ।’

प्रकाशित मिति: Dec 30, 2024

प्रतिक्रिया दिनुहोस्