Logo
२० पुस २०८१, शनिबार
(December 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एआईजी भरत बोहरा अवकाशमा

काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरत बोहरा अनिवार्य अवकाशमा गएका छन् । एआईजीको ५६ वर्षे उमेर हद पुरा गरेर बोहरा आजबाट अवकाशमा गएका हुन् । प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेका बोहरा प्रहरी हेडक्वार्टरको प्रदेश समन्वय विभागमा कार्यरत थिए ।

बोहराको अवकाशसँगै एआईजीमा एउटा दरबन्दी रिक्त भएको छ । किरण बज्राचार्य पुस १६ मा अवकाशमा जाँदै छिन् । बज्राचार्यको अवकाशपछि दुई जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिने गृह मन्त्रालयका उच्च अधिकृतहरू बताउँछन् ।

डिआइजीहरू जनक भट्टराई, कुवेर कडायत, रवीन्द्र केसी, लालमणि आचार्य, चन्द्रकुवेर खापुङ र कृष्णहरि शर्मा मध्येबाट दुई जना एआईजी हुन्छन् । पछिल्लो केही महिनायता प्रहरीको बढुवामा एआईजीलाई मात्रै केन्द्रमा राखिएको भनेर तल्लो तहका अधिकृतहरू असन्तुष्ट बनेका छन् ।

प्रकाशित मिति: Dec 29, 2024

प्रतिक्रिया दिनुहोस्