Logo
१० मंसिर २०८१, सोमबार
(November 14, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्रम गच्छदार भन्छन् -‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछ’

विराटनगर : उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले कार्यकारी प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीबाट मुलकको लोकतन्त्रमा विकृित ल्याउने बताएका छन् ।

काँग्रेसका नेता समेत रहेका गच्छदारले देश संघीयतामा गइसकेको तथा सिंहदरबारको अधिकार निर्वाचित स्थानीय निकायमा आइसकेको अवस्थामा अब पुनः केन्द्रीकृत पद्धति ल्याउनु लोकतन्त्रलाई विवादमा ल्याउनु मात्र राजनीतिक स्टन्ट भएको बताए ।

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा विविध जनसंख्याको संरचना रहेकाले कार्यकारी पद्धतिबाट सबै जातजातिको प्रतिनिधित्व हुन नसक्ने धारणा व्यक्त गरे ।

उनले सुनसरी, मोरङ र झापा जिल्ला मिलाएर एक अलग्गै प्रदेश निर्माण गर्ने विषय अहिले पनि जीवित छ भन्दै विराटनगर र इटहरी मिलाई बृहत् महानगर निर्माण गरी प्रदेशको राजधानी तोकिनुपर्ने औँल्याए ।

उपप्रधानमन्त्री गच्छदारले नयाँ संविधानले नागरिकतासम्बन्धी समस्या धेरै हदसम्म समाधान गरेको छ भन्दै केही बाँकी रहेको समस्या अव बन्ने नयाँ सरकारले ऐनद्वारा समाधान गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Nov 14, 2017

प्रतिक्रिया दिनुहोस्