Logo
१८ पुस २०८१, बिहीबार
(December 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिवारसहित लुम्बिनीमा रहेका श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघे

काठमाडौं, पुस १४। श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे शनिबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन्। विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गरेका हुन् । पूर्वराष्ट्रपति विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका दिलिप सिंह राई र विकास लामाले खादाले स्वागत गरे ।

परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघेले मायादेवी मन्दिरको दर्शनसँगै पूजाआजा र परित्राण पाठ गरेका छन् । उनले लुम्बिनीको पछिल्लो अवस्थाबारे चासो राख्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गरे ।

श्रीलङ्का बुद्धिष्ट देश भएकाले पूर्वराष्ट्रपतिले लुम्बिनीको रुचिपूर्वक भ्रमण गरेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए। उक्त अवसरमा कोषकातर्फबाट राजदूत पूर्वराष्ट्रपति विक्रमासिंघलाई मायाको चिनो समेत प्रदान गरिएको छ। निजी भ्रमणमा आएका उनले बुद्ध जन्मस्थल लुम्बिनीसँगै बृहत्तर लुम्बिनीका अन्य क्षेत्रहरूको समेत भ्रमण गर्ने जनाइएको छ ।

प्रकाशित मिति: Dec 29, 2024

प्रतिक्रिया दिनुहोस्