Logo
१२ पुस २०८१, शुक्रबार
(December 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका कम्युनिष्ट शक्तिहरु एकताबद्ध हुनुपर्छः प्रचण्ड

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । माओत्सेतुङको जन्म दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले कम्युनिष्टहरु एकतावद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको बताएका हुन् ।

आफूहरु नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषताअनुसार मूलभूतरुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत रहेको उनले बताएका छन् । ‘विगतमा हामीले सरकारको नेतृत्वमा रहेर सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो र हाम्रो पार्टीले आज पनि यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको छ,’– उनले विज्ञप्तिमा भनेका छन् ।

प्रचण्डले माओत्सेतुङको जन्म दिनको अवसरमा उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन् । चीनको हुनान प्रान्तको साओसानमा १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो ।

प्रकाशित मिति: Dec 26, 2024

प्रतिक्रिया दिनुहोस्