Logo
३ पुस २०८१, बुधबार
(December 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फाइनल पुग्न सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

३ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर वान मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोएल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

जनकपुरका लागि जिमी नीशमले २३ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए । शुभ कंसाकारले २४ बलमा २६ रन जोडे । अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ तथा सैफ अली जैबले २ विकेट लिए ।

स्कट कुगेलेइन र अविनाश बोहराले समान १ विकेट लिए ।

यस खेलको विजेता एनपीएलको फाइनल पुग्ने पहिलो टोली बन्नेछ । पराजित टोलीले दोस्रो क्वालिफायर टु खेल्ने मौका पाउनेछ । एलिमिनेटरमा आजै चितवन राइनोजलाई हराएर कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति: Dec 18, 2024

प्रतिक्रिया दिनुहोस्