Logo
१० मंसिर २०८१, सोमबार
(November 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको चुनावी चर्चा : खेमराज पोख्रेलको त्यगले नयाँ पुस्तालाई पाठ !

  • टोमराज मेहता

सुनसरी : त्यसो त हाम्रो समाजमा कुनै ब्यत्तित्वको साकारात्मक चर्चा त्यतिबेला गरिन्छ जतिबेला उनी यो संसारबाट बिदा भइसकेका हुन्छन् । भनिन्छ ‘जीवन नै नरहेपछि उनको ब्यक्तित्वको के अर्थ ?’ यता पत्रकारितामा त झन मात्र नाकारात्मक कुरालाई लिड बनाउदै समाचार बनाइयो भने त्यो नै बढी बिक्ने समाचारको रुपमा प्रमाणित हुन्छ । फेरि हाम्रो समाज ग्रसित विचारले यत्तिसम्म भरिएको छ कि कसैको बारेमा यदि कुनै साकारात्मक समाचार लेखियो भने ‘पक्कै उस्ले उनको पैसा खाएर यो समाचार लेखेको हुनुपर्छ’ सम्मको चर्चा हुनेगरेको हुन्छ ।

आज हामिले सुनसरी स्थित खेमराज पोख्रेलको प्रसंग उठाउन खोजेका छौं । नागरिक टाइम्स आफैमा नागरिक पत्रकारितालाई बढि महत्व दिने संचारमाध्यम हो र हामि ब्यवसायिककता साथ साथ नागरिक उत्तरदाइत्वका जिम्मेवारीलाई पनि उत्तिकै आत्मसाथ गरेका छौं । तर्सथ पत्रकार टोमराज मेहताले प्रेसित गरेको एउटा समाचारलाई हामिले निर्णयर्थ प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

पुरैदेश यत्तिबेला चुनावी रौनकमा ब्यस्त रहेका बेला कोही कसैको बिरोधमा प्रचारवाजीमा ब्यस्त छन् भने कोहि चुनावी दाउपेचलाई आत्मसाथ गरिरहेका छन् । तर सुनसरी स्थित इनरुवाका साद्गी नेता खेमराज पोखरेलको त्यागले यत्तिबेला सुनसरीमा चौतर्फी चर्चाको विषय बनेको छ ।

‘त्याग सबैले गर्न सक्दैन, त्याग नै बलिदान हो । पदिय लोभले गन्तव्यसम्म पुग्दैन । संगठन बलियो बनाउन त्याग र सहनशिलताको अति आवश्यक पर्द्छ ।’ यो भनाई एमालेका प्रदेश नम्बर १ का सदस्य तथा सुनसरीका बरिष्ट नेता मध्ये एक खेमराज पोख्रेलको हो । उनी सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्यका प्रत्यासी उम्मेदवार थिए । तर मुलुक भरि नै एमाले र माओवादीको गठवन्धन भएपछि पार्टीको निर्णयलाई आत्मसाथ गर्दै पछि हटेका र उत्तिकै लगनशिलतालाई कायम राखेका पोख्रेलको चर्चा यत्तिबेला एमालेभित्र निकै तताएको छ ।

ईनरुवा नगरपालिका तत्कालिन मेयर रहेका पोख्रलेल सुकुम्बासी समस्या समाधान आयोगको सुनसरी अध्यक्ष भएर गरेको मिहिनेतले अझैसम्म उनको लोकप्रियतालाई कम हुन दिएको छैन । हुन त उनले मात्र ६ महिना उक्त पदमा बसेर काम गरे तर उक्त चर्चाको ब्यज अझैपनि उनले पाइरहेका छन् ।

सुनसरी बहुमखी क्याम्पसको अध्यक्ष भएर गरेका काम कार्य, शारदा उच्च माविको अध्यक्ष भएर गरेका कामकार्य लगायतका कारण शैक्षिक क्षेत्रमा पनि उनको कुनै कम चर्चा भने छैन । सायद त्यसैले होला अहिले एमाले माओवादी गठबन्धनबाट क्रमस प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु डम्बर सुवेदी र रामप्रसाद मेहता मतदता कहाँ पुग्दा प्रशनको उहिरो लाग्छ र सोधिन्छ ‘खेमराजलाई किन उम्मेदवार बनाइएन ?’

तर प्रतिनिधिसभाका उम्मेदवार बन्ने इच्छा र क्षमता हुदाहुदै पनि आफू पार्टीले गरेको निर्णय विपरीत जान नसकेको उनी बताउँछन् । अहिले वामगठवन्धनका उम्मेदवारहरुलाई कम्मर कसेर जिताउने अभियानमा लागि परेकाछन् । खेमराजको यो त्यागले एमाले भित्र मात्र होइन बाहिर पनि उत्तिकै चर्चा छ ।

नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार सिताराम मेहताले पनि उनको तारिफ गर्नेगरेकाछन् । उनी भन्छन् -‘खेमराजजी उम्मेदवार भएको भए यसपाली मलाई अवश्यपनि सहज हुने थिएन ।’ उनको यो त्यागले नै पोखरेलको राजनीति उचाइ थप बढाएको एमालेका नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ ।

चिया पसल, पान पसल, पत्रपत्रिका र अनलाइनमा आफै मपाई भन्दै दुनियाँ हसाउने काम नगर्नुले आज खेमराजको राजनीतिक उचाई अगाडि बढेको देखिन्छ । सुनसरी दक्षिणीभेग निवासी तथा काठमाण्डौ केन्द्रित नेपालका वरिष्ठ मध्ये एक मानिने पत्रकार वीरेन्द्र केएमले पनि उनको तारिफमा एउटा स्टाटस नै लेखेका छन् । गठबन्धन अन्तरगत माओवादी नेताको उम्मेदवारीपछि उनले लेखेका थिए ‘त्यग गर्न त कोहि खेमराज पोखरेलसंग सिखोस् ।’ टेलिफोनमा केएमले भने -‘खेमराज पोख्रेल सुनसरीमा एक प्रेरणदायी नेता हुन् ।’

यसअघि सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार सिताराम मेहतासंग पराजित भएका थिए । तर केएम भन्छन् – ‘त्योबेलाको माहोल अर्कै थियो अहिले अर्कै छ । उनी भनछन् जित्नु-हार्नू आफनो ठाउमा छ, तर ‘उनको यो त्यगले नयाँ पुस्तालाई केहि पाठ भने अवश्य सिकाएको छ ।’

प्रकाशित मिति: Nov 13, 2017

प्रतिक्रिया दिनुहोस्